बाजुरामा जीप दुर्घटना, २ को मृत्यु

663
  •  
  •  
  •  

कालिकोट । बाजुरामा जीप दुर्घटना भएको छ । दुर्घनामा हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्रतिकात्मक तस्बिर

कालिकोटको जितेगडाबाट बाजुराको पिलुचौरका लागि छुटेको राराकर्णाली यातायातको क १ ज २१ नम्बरको जीप बाजुराको जगनाथ गाउँपालिकाको भुक्का खोलामा दुर्घटना भएको हो ।

अहिले घटनास्थलतर्फ प्रहरीको टोली गइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


  •  
  •  
  •