दुर्घटनामा दुई जनाको मृत्यु

239
  •  
  •  
  •  

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
बिहीबार बिहान यात्रुवहाक बस र पिकअप भ्यान एकआपसमा ठोक्किँएको हो ।

दुर्घटना स्थलमै एक जनाको ज्यान गएको छ भने अर्का एकजनाको विराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा बसले किच्दा घटनास्थलमै मृत्यु भएका पुरुषको भने पहिचान खुल्न सकेको छैन् । त्यसैगरी उपचारका लागि विराटनगर लैजाने क्रममा ३१ वर्षिय टिकाराम थापाको बाटोमै मृत्यु भएको हो । मृतक थापा बसका सह–चालक हुन् । उनी मोरङ कानेपोखरी गाँउपालिका निवासी भएको बताइएको छ । थापाको शव कोशी अञ्चल अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २६ जना घाइते अवस्थामा रहेका छन् ।
उनीहरुको विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि भर्ना गरिएकामध्ये मोरङको कानेपोखरी–३ की ६० वर्षीय दुर्गादेवी बस्नेत र कानेपोखरी– ४ की ५० वर्षीय खिनमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

डीएसपी अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको हो।

बस मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो। भ्यानसँग ठोक्किएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

घटनापछि प्रहरीले कानेपोखरी–४ का ३५ वर्षीय बस चालक कूलबहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।


  •  
  •  
  •