भारतमा बस दुर्घटनामा २९ को मृत्यु

97
  •  
  •  
  •  

नयाँदिल्ली । भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।
यमुना एक्सप्रेसवेमा बस नालीमा खसेको हो ।

दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । लखनउबाट दिल्लीका लागि छुटेको बस दुर्घटनामा परेको हो । सोमबार बिहान अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको स्थानीय प्रहरीले जनाएको छ ।
सबै शव बाहिर निकालिएको र घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना बिहान पौने पाँच बजेतिर भएको हो । मृत्यु हुनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका छन् ।
एजेन्सी


  •  
  •  
  •