टिप्परको ठक्करबाट एक जनाको मृत्यु

287
  •  
  •  
  •  

काठमाडौं । भक्तपुरको राधे–राधे चोकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार राती काठमाडौंबाट भक्तपुर गइरहेको ट्रिपरले सोही तर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु जिल्ला सोलु पंचनका प्रेमबहादुर राई रहेका छन् ।
ठक्करबाट गम्भीर भाइते राईलाई मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बा ५ ख ५३४३ नम्बरको टिपरले प्रदेश ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •