बस दुर्घटनामा १७ घाइते

203
  •  
  •  
  •  

राजापुर । काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । ना ४ ख १३३९ नम्बरको बस आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।
अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


  •  
  •  
  •