धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते

531
  •  
  •  
  •  

काठमाडौं । धादिङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा दुर्घटना भएको हो ।

जीप सडकबाट करिब २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई भने काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको सनाखत भइसकेको छैन । कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


  •  
  •  
  •