जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

332
  •  
  •  
  •  

पर्सा,१८ मंसिर(ओएनएस) । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा मंगलबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना १ ज ३८२४ नं को म्याजिक जिपले विपरीत दिसाबाट आउँदै गरेको ना१२प ५३९७ नं को मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलमा सवार पोखरिया नगरपालिका–९ बैरियाविर्ताका २४ वर्षीय मुखिया विणको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइते विणको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । फरार जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •