दुर्घटनामा पत्रकार शर्माको मृत्यु

163
  •  
  •  
  •  

काठमाडौं । ललितपुरको धोबीघाटमा आइतबार भएको सडक दुर्घटनामा तत्कालीन प्रेस सेन्टर काठमाडौंका अध्यक्ष गोविन्द शर्माको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकल चालक चन्द्रमणि मुडभरीको समेत मृत्यु भएको छ ।

आइतबार दिउँसो साढे ३ बजे स्कोरपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सातदोबाटोतर्फबाट बल्खु आउँदै गरेको स्कोरपियो र विपरीत दिशाबाट आएको मोटरसाइकल आपसमा ठोकिएका महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपाका प्रमुख (प्रहरी नायब निरीक्षक) हरिसिंह धामीले बताए ।

मोटरसाइकल चालक मुडभरी र पछाडि बसेका शर्मा दुवैको टाउकामा चोट लागेको थियो । घाइते दुवैलाई पहिले मेघा अस्पताल लगिएको र अस्पतालले रिफर गरेर नर्भिक अस्पताल पठाएको उनले बताए ।
स्कोरपियोका चालकलाई नियन्त्रणमा लिइएको प्रभागले जनाएको छ ।


  •  
  •  
  •