जीप दुर्घटनाा ७ जना घाइते

129
  •  
  •  
  •  

बेनीघाट, १ जेठ(ओएनएस) : गोरखामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका– २ स्थित दर्बुंगको रानीस्वरामा बुधबार बा २० च ५४५० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
जीप सडकबाट करीब ४३ मिटर तल खसेको थियो ।

दुर्घटनाका घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई लखन बहादुर चौधरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका यात्रुहरुमा मिना पन्त, सीता लामिछाने, सारजन थापा, नरबहादुर थापा, दीपक थापा र लिला थापा रहेका छन् । प्रहरीका अनुसार घुम्तीमा मोड नपुगेपछि ब्याक गर्ने क्रममा जीप सडकबाट खसेको थियो ।


  •  
  •  
  •