अवतरणका क्रममा अल्ट्रालाइट दुर्घटना

289
  •  
  •  
  •  

पोखरा, २४ वैशाख(ओएनएस) : पोखरामा मंगलबार अल्ट्रालाइट अवतरणका क्रममा दुर्घटना भएको छ । हेलिएअर कम्पनीको अल्ट्रालाइट दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् ।

अल्ट्रालाइटमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।

दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।
उनले भने, ‘यात्रुको हातमा सामान्य चोट लागेको छ । चालकलाई केही पनि भएको छैन । तत्काल उद्दार भएकाले मानवीय क्षति हुन पाएन ।’

दिउँसो पौने दुई बजे उडान भरेको अल्ट्रालाइट २ बजेर १५ मिनेटमा विमानस्थलको पूर्वी धावनमार्गबाट अवतरण गर्ने क्रममा दुर्घटनामा भएको हो ।

अल्ट्रालाइटका दुई वटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ ।


  •  
  •  
  •