कार दुर्घटनामा व्यवसायी आचार्यको निधन

491
  •  
  •  
  •  

दाङ, २० वैशाख(ओएनएस) : दाङका व्यवसायी तीर्थ आचार्यको कार दुर्घटनामा मृत्यु भएको छ ।
दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुको शिवराज नगरपालिका–१ मामा खोलामा खसेको हो ।

दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रहरीका अनुसार त्यही कारमा सवार लमही–८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवल लगिएको छ ।

कार अनियन्त्रित हुँदा सडकदेखि झण्डै तीन सय मिटर तल खसेको थियो ।


  •  
  •  
  •