टिप्परको ठक्करबाट युवतीको मृत्यु

283
  •  
  •  
  •  

बुटवल, १९ वैशाख(ओएनएस) : बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको ज्यान गएको हो ।

उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस कक्षा १२ मा अध्ययनरत छात्रा हुन् ।
उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारी भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने लु २ ख १९०३ नम्बरको टिप्पर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै अहिले सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीको प्रदर्शनले बुटवलको तामनगर क्षेत्रमा पूर्वपश्चिम राजमार्ग २ घण्टा अबरुद्ध भएको थियो ।


  •  
  •  
  •