डडेल्धुरा बस दुर्घटना : मृतकको परिचय खुल्यो

247
  •  
  •  
  •  

काठमाडौं ११ वैशाख(ओएनएस) : डडेल्धुराको साउखर्कमा बुधबार बिहान भएको बस दुर्घटना मृतकको खनाखत भएको छ ।

मृतक ५ जनाकै परिचय खुलेको हो । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा बझाङ केदारस्यू गाउँपालिकाका नरेश गुर्धामी, कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट ४ का धनबहादुर घर्ती तथा भारत बिहारका मोहमद नासिरको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् । घाइते २० जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।


  •  
  •  
  •