डडेलधुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २० घाइते

274
  •  
  •  
  •  

डडेल्धुरा, ११ वैशाख(ओएनएस) : धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रु बहाक बस बुधबार बिहान दुर्घटना भएको छ ।

भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा भएको दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।

बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।


  •  
  •  
  •