माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

362
  •  
  •  
  •  

दमौली, १० वैशाख(ओएनएस) : तनहुँको दमौलीमा मंगलबार माइक्रो बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका छन् ।
माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •