दुर्घटनामा दुई जनाको मृत्यु

337
  •  
  •  
  •  

धादिङ, ८ वैशाख(ओएनएस) : पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस उछिन्ने क्रममा सडकबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशीर र सोहि ठाउँका पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिएका छन् ।

हरिवंशको घटनास्थलमै मृत्यु भएको हो भने पार्वतीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई भने मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।


  •  
  •  
  •