धादिङमा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

284
  •  
  •  
  •  

धादिङ, ८ वैशाख(ओएनएस) : पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना भएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंदेखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईतेहरुको उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका इन्पेक्टर नवराज ढुङगेलले जानकारी दिए । बसमा ३० जना भन्दा बढी यात्रु रहेको उनले बताए । मृतकको सनाखत भने हुन सकेको छैन ।
घटनाको थप विवरण आउन बाँकी छ ।


  •  
  •  
  •