ट्रकको ठक्करबाट एक जनाको मृत्यु

284
  •  
  •  
  •  

भक्तपुर, ४ वैशाख(ओएनएस) : भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तान रहेको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

ट्रकले पैदलयात्रु मोक्तानलाई मंगलबार राति ७ बजे दिएको ठक्करबाट घाइते मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।


  •  
  •  
  •