मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

54
  •  
  •  
  •  

झापा, २ वैशाख (ओएनएस) : झापाको कमल गाउँपालिका–६, गेउरियामा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आइतबार राति पाडाजुगीबाट दक्षिण जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे४प १६५८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा मे ४ प १६५८ नम्बरको मोटरसाइकलका चालक कमल गाउँपालिका–६ का २१ वर्षीय प्रविण राजवंशीको मृत्यु भएको हो ।

दुर्घटनामा राजवंशीसहित मोटरसाइकलमा सवार २६ वर्षीय मनोज शाह तथा मे १० प ६८५१ नम्बरको मोटरसाइकलका चालक कमल गाउँपालिका –४ का २२ वर्षीय लोकेश ठटाल घाइते भएका छन्।

तीनै जनालाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा राजवंशीको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


  •  
  •  
  •