सर्लाहिमा बस दुर्घटनामा ३ जनाको मृत्यु

324
  •  
  •  
  •  

सर्लाही, १ वैशाख(ओएनएस) : सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा आइतबार बस दुर्घटना भएको छ ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बगवानीको जंगलमा आइतबार बिहान बा ३ ख १३१८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उक्त बस काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको थियो । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा सुनसरी र मोरङका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरी छन् ।
घाइते ३१ घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको विराटनगरमा उपचार भइरहेको तथा सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •