लुक्ला विमान दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

को–पाइलटसहित दुईको मृत्यु(अपडेट)
123
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख(ओएनएस) : सोलुखुम्बुको लुक्लामा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रहरीका अनुसार लुक्ला विमानस्थलमा कार्यरत अर्का एक जना प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठको घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो । विमानमा रहेका ४ जना यात्रुको अवस्था भने सकुशल रहेको जनाइएको छ ।
दुर्घटनामा २ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा को–पाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का रहेका छन् ।

विमानका चालकको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लयाइएको प्रहरीले जानकारी दिएको छ । अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान ९ः२२ मा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो । समिट एयरको ९ एन एएमएच कलसाइनु विमान उडान भर्ने क्रममा रन–वेबाट चिप्लिएर विमान पार्किङ गरिएका मनाङ एयरको २ वटा हेलिकोप्टरसँग ठोक्किएको थियो ।
उक्त विमान लुक्लाबाट रामेछापका लागि उडान भर्ने क्रममा थियो ।

यो पनि हेर्नुहोस्

लुक्लामा हवाई जहाज हेलिकोप्टरसँग ठोक्कियो


  •  
  •  
  •