लुक्लामा हवाई जहाज हेलिकोप्टरसँग ठोक्कियो

141
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख(ओएनएस) : सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान समिट एयरको प्लेन उड्न लाग्दा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको हो ।

को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै घटनामा मृत्यु हुनेमा एक प्रहरी रहेका छन् ।

दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी शालिकराम शर्माले घटनाको पुष्टी गर्दै रन वेमा चिप्लिएर समिटको प्लेन श्री एयरको हेलिकोप्टरमा ठोक्किएको बताए ।
उनका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठोक्किदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ ।


  •  
  •  
  •