टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

405
  •  
  •  
  •  

नुवाकोट, २९ चैत(ओएनएस) : टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

बट्टारबाट गंगटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्पर एक आपसमा ठोक्किएको थियो ।
ठक्करबाट विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार टिप्परको ठक्करबाट ना ३३ प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा ५ ख २८९८ नंको टिपरमा आगजनी गरेका छन् ।
दोषी चालकलाई कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजार–गंगटे सडकखण्ड अवरुद्ध गरेका छन् ।


  •  
  •  
  •