गुल्मीमा जीप दुर्घटना

कांग्रेसका पूर्वसांसद भण्डारीसहित दुई जनाको मृत्यु
1220
  •  
  •  
  •  

तम्घास, २८ चैत(ओएनएस) : गुल्मीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा कांग्रेसका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ८ जना घाइते भएका छन् ।

लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे ।

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।

अर्का मृतकको भने पहिचान खुलेको छैन । जीप दर्लिनबाट सदरमुकाम तम्घास जाँदै थियो । जीपमा १० जना सवार थिए ।

जीप बाग्लुङको सिमानामा करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुलाई सदरमुकाम तम्घास र वामी टक्सारमा उपचार भइरहेको छ ।


  •  
  •  
  •