दुर्घटनामा १२ जना घाइते

392
  •  
  •  
  •  

ताप्लेजुङ, २७ चैत(ओएनएस) : ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।
पाथीभराको दर्शन गरेर फर्किएका भक्तजन चढेको मे १ ज १४८६ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो । भ्यानमा १४ जना सवार थिए । २ जना सकुशल रहेका रहेको प्रहरीले जनाएको छ ।

राति सवा १० बजे भ्यान दुर्घटना हुँदा निजगढ नगरपालिका–६ बारा निवासी मोतिमाया अधिकारी, लक्ष्मिमाया सिग्देल र गोमा थापा गम्भीर घाइते भएको ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।


  •  
  •  
  •