मोटर साइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु

241
  •  
  •  
  •  

लहान, २६ चैत(ओएनएस) : पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १३ भोटियाटोल चोकमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका–४ का २६ वर्षीय कृष्ण सहनी, २५ वर्षीय शिवकुमार सहनी र २६ वर्षीय मनोज कुमार मण्डल रहेका छन् ।

उनीहरु सवार स ९ प ७३७ नम्बरको मोटर साइकललाई विपरित दिशातर्फ गइरहेको ना ३ ख ७७७४ नम्बरको ट्रकले सोमबार राती ठक्कर दिएको हो ।

जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख (इन्सपेक्टर) मिलनसिंह बस्नेतका अनुसार ठक्करबाट घाइते तीनै जनालाई उपचारका लागि लहान अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •