धरान बस दुर्घटना : ४ जनाको मृत्यु, ३८ घाइते(अपडेट)

428
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : धरानमा यात्रुवहाक बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३८ घाइते भएका छन् ।

भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृतकमध्ये चालक चक्रबहादुर गुरुङ र यात्री लालबहादुर मगरकोमात्र सनाखत भएको छ ।

प्रहरीकाअनुसार एक महिला र एक बालिकाको पहिचान खुल्न बाँकी छ ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिएका छन् ।

बसमा क्षमताभन्दा बढी यात्री रहेको र बसको ‘ब्रेकफेल’ भएका कारण बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते हुने ३८ जनामा अधिकांश धनकुटाका रहेका छन् भने सुनसरी र मोरङका स्थानीयसमेत रहेका छन् ।


  •  
  •  
  •