धरानमा बस दुर्घटना : ४ जनाको मृत्यु, २० घाइते

496
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : धरानमा यात्रुवहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटना भएको हो ।
दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

दुर्घटनाग्रस्त सो बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । घाइतेहरुहरुको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।


  •  
  •  
  •