मलेसियामा बस दुर्घटना : दुई नेपालीको मृत्यु, १२ घाइते(अपडेट)

454
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ भने १२ नेपाली घाइते भएका छन् ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना भएको हो । सो दुर्घटनामा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।  यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेका छन् ।

उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।  १४ नेपाली कामदारसहित ४३ जना यात्रु बोकर मास कार्गो नामक कार्गो कम्पनीमा कामदार पु¥याउन जाँदा आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस दुर्घटना भएको हो ।


  •  
  •  
  •