मलेसियामा बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु

492
  •  
  •  
  •  

क्वालालम्पुर । मलेसियामा बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

तर नेपाली दूताबासले यसको पुष्टि गरेको छैन । घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर रहेको जनाइएको छ ।


  •  
  •  
  •