ग्यास उद्योगको ट्रक दुर्घटना

433
  •  
  •  
  •  

बुटवल, २४ चैत(ओएनएस) : रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मगंलापुरमा बुटवल ग्यास उद्योगको ट्रक आइतबार दुर्घटना भएको छ ।

बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा दुर्घटना भएको हो ।

बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले बताएका छन् । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए ।

सबै सिलिण्डर सडकमा छरिएका कारण सडकमा सवारी साधन आवगनमा असहज भएको थियो । दुर्घटनामा २ वटा रेलिङ भाँचिएका छन् । ग्याँस सडकमा छरिए पनि विष्फोट नएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •