ललितपुरको सानेपामा भ्यानमाथि ट्रक पल्टिदा दुई जनाको मृत्यु

559
  •  
  •  
  •  

काठमाडौं, २२ चैत(ओएनएस) : ललितपुरको सानेपा नयाँबाटोमा ट्रक भ्यानमाथि पल्टिदा दुई जनाको ज्यान गएको छ ।

ललितपुरको सातदोबोटोबाट बल्खुतर्फ गइरहेको जनक शिक्षा सामग्रीको किताब बोकेको बा १ घ ५३३ नम्बरको ट्रक र बल्खुबाट सातदोबाटोतर्फ आउँदै ७ च २१३१ टाटा मोबाइल भ्यानमाथि पल्टिँएको हो ।

मृत्यु हुनेमा दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पा रहेकी छन् ।
सो दुर्घटनामा ललितपुर भैंसेपाटीकी १८ वर्षीया स्मृति मगर घाइते भएकी छन् ।

विपरीत दिशाबाट आएको स्कुटरले बाटो काट्न खोज्दा स्कुटर जोगाउने क्रममा ट्रक अनियन्त्रित भइ भ्यानमाथि पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •