ओखलढुंगा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो(अपडेट)

541
  •  
  •  
  •  

काठमाडौं, १७ चैत(ओएनएस) : ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीस्थित डडुवाडाँडामा आइतबार भएको स्कार्पियो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

गम्भिर घाइते एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परि ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्मा शेर्पा, सोही स्थानका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय ङवाङ शेर्पा, ३२ वर्षीय नुमा शेर्पा र डोमा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका काठमाडौं बौद्धकै ५४ वर्षीय डुसांगे शेर्पाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

जीप दुर्घटनामा गम्भिर घाईते आठ वर्षीय बालक ओँकेला शेर्पा र गाडी चालक कृष्ण श्रेष्ठलाई थप उपचारका लागी काठमाडौस्थित ग्राण्डी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समेत गम्भिर छ ।
आइतबार बिहान ११ः ४५ बजे सोलुखुम्बुको जुनबेशी ठुलो गुम्बा भ्रमण गरेर काठमाडौंतर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जीप दुर्घटनामा भएको हो ।

जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाममा ल्याइँदैछ ।


  •  
  •  
  •