ओखलढुंगा जीप दुर्घटना : मृतक ६ जनामै सनाखत(अपडेट)

442
  •  
  •  
  •  

ओखलढुंगा, १७ चैत(ओएनएस) : ओखलढुंगामा आज भएको जीप दुर्घटनामा परि मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।

घाइते दुईजनाको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

घाइतेको उदयपुर घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।

बा १६ च २२०६ नम्बरको जीप जीप आइतबार बिहान ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका–७ को भण्डारे खोलामा दुर्घटनामा परेको थियो ।


  •  
  •  
  •