बस पल्टिदा एककाे मृत्यु, एघारा घाइते

239
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) :बागलुङमा बस पल्टिदा घटनास्थलमा एक जनाका मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन्। ढोरपाटनमा मंगलबार बिहान यात्रुवाहक बस सडकबाट २४ मिटर तल खाेलामा खसेर दुर्घटना भएकाे हाे।

बसमा सवार १६ जना मध्ये ५ जना सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताए। बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खसेको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेमा ८४ वर्षीया कुमारी बुढा रहेकी छिन्।

दुर्घटनामा परि घाइते हुनेहरुमा चालक पाल्पा जिल्ला रिप्तीकोट – ५  का ४७ वर्षीय कलबहादुर थापा, उहाँका २१ वर्षीय छोरा बिमल थापा, बाग्लुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर विक, त्यही स्थानका ४५ वर्षीय दुर्गाबहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने वर्ष ३३ का मुस्तेतार अलि,  त्यही स्थानका २२ वर्षीय युवराज खान,  ढोरपाटन ८ की १५ वर्षीया चन्द्रकला विक, वर्ष २२ का सुभाष विक, वर्ष ९ की आशिका विक रहेका छन्।


  •  
  •  
  •