मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

684
  •  
  •  
  •  

राजापुर, १७ चैत(ओएनएस) : बर्दियाको बारबर्दिया नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको भे ८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी बर्दियाले जनाएको छ ।


  •  
  •  
  •