ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते

1091
  •  
  •  
  •  

ओखलढुंगा, १६ चैत(ओएनएस) : ओखलढुंगामा जीप दुर्घटना भएको छ । जिल्लाको मानेभञ्ज्याङमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार तीनजना घाइते भएका छन् ।  हलेसीबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी छ ।


  •  
  •  
  •