रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा २४ यात्रु घाइते

205
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको ना३ख १४४४ नंको बस हात्तिबनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् । आज बिहान बस दक्षिणकाली नगरपालिका ४ चाल्नाखेलमा बिच सडकमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको फर्पिङस्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये केहीको अवस्थामा गम्भिर रहेको छ ।

घाइतेहुनेमा अधिकांश क्याम्पस पढ्न आउँदै गरेका विद्यार्थीहरु छन् । दुर्घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •