डडेल्धुरा माइक्रोबस दुर्घटना : एक जनाको मृत्यु

537
  •  
  •  
  •  

डडेल्धुरा, ४ चैत(ओएनएस) : डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा सोमबार बिहान भएको माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको माइक्रो आज बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा डोटीको सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । साउदको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा नौ जना घाइते भएका छन् । डोटी खतिवडाका ५७ वर्षीय कैल्या ढोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

यस्तै दुर्घटनामा सामान्य दिपायल सिलगढी नगरपालिकाका ५० वर्षीया कला दमाई, ३७ वर्षीया लक्ष्मी नेपाली दमाई, शिखर नगरपालिका–११ का ६२ वर्षीय जय दमाई उनकी श्रीमती ४५ वर्षीया विस्ना दमाई र उनका छोरा ३ वर्षीय उद्यव दमाई, बारबाटा डोटीका ४० वर्षीय राजु नेपाली सामान्य घाइते भएका छन् ।

यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५का ६२ वर्षीय ईश्वर सिं टमटा र कैलालीको जानकी गाउँपालिका–२ का वीरबहादुर रोक्का मगर रहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

घाइते सबैको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक विनय बोहरा र गाडीधनी देवसिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यात्रु भर्नका लागि रोकिएको अवस्थामा अचानक ‘ब्याक’ गएर माइक्रो झाडीमा पसेको प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •