माइक्रोबस दुर्घटना, १० जना घाइते

303
  •  
  •  
  •  

डोटी, ४ चैत(ओएनएस) : गन्यापधुरा गाउँपालिका डाँडावनमा माइक्रोबस दुर्घटना भएको छ ।

डोटीबाट कैलालीका लागि छुटेको बा २ ख १६६५ नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डेडेल्धुरामा लगिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •