दोलखामा बस दुर्घटना, दुईको मृत्यु, २३ घाइते

621
  •  
  •  
  •  

दोलखा १ चैत(ओएनएस) : दोलखामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ का हीराप्रसाद मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकी चरिकोटमा उपचार भइरहेको छ ।


  •  
  •  
  •