मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिदा तीन जनाको मृत्यु

371
  •  
  •  
  •  

राजविराज, २९ फागुन(ओएनएस) : सप्तरीमा मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही ठाउँका मो मजलुम मियाँ र रामे पासवान रहेका छन् ।

अर्का एक जनाको भने नाम खुल्न सकेको छैन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । बसमा सवार घाइते भएका अन्य यात्रुलाई उपचारको लागि सिरहाको लहानतिर पठाइएको प्रहरीले जनाएको छ।

को ३४ प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को१ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिएको थियो।


  •  
  •  
  •