स्कूटर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

245
  •  
  •  
  •  

भक्तपुर, २५ फागुन(ओएनएस) : भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका ६ घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ सूर्यविनायक बस्ने २६ वर्षका राजीव लामाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा घाइते भएका रामेछाप सुनापती ४ घर भइ भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको परिसरले बताएको छ ।


  •  
  •  
  •