त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु

480
  •  
  •  
  •  

धादिङ । त्रिशूली नदीमा आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक भने घाइते भएका छन् । नदीमा ट्रक खस्दा चालक बिर्खे थोकरको मृत्यु भएको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •