तमिलनाडु बस दुर्घटनाः मृत्यु हुनेको संख्या १० पुग्यो(अपडेट)

300
  •  
  •  
  •  

काठमाडौं । भारतको तमिलनाडुमा नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटनामा मृत्यु हुनेको नेपालीको संख्या दश पुगेको छ ।

बुधबार सलेम बेंगलरु नेशनल हाइवे भएको दुर्घटनामा ६ जनाको दुर्घटनास्थलमै र बाँकी चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा रसिलाल चौधरी, वीरबहादुर राई, बुधनी थरुनी, फूलसरीदेवी चौधरी, गोपाल तामाङ, टीकाराम चौधरी, मञ्जु राई रहेका छन् ।

त्यस्तै पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेहरु इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का बासिन्दा रहेका छन् । ३४ जनाको टोली माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा भारत गएको थियो ।


  •  
  •  
  •