भारतमा ट्रक एक आपसमा ठोक्किदा १४ को मृत्यु, ३० घाइते

66
  •  
  •  
  •  

भारत । भारतको उत्तर प्रदेशको फिरोजाबाद नजिकै ट्रक एक आपसमा ठोक्किदा १४ जनाको मृत्यु भएको छ । आगरा लखनउ सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

दिल्लीबाट बिहारको मोतिहारीतर्फ गैरहेको बस र विपरित दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमध्ये १३ जना बसका यात्रु र एक जना ट्रकका चालक रहेका छन् ।

दुर्घटनामा परेको बसमा ५० यात्रुहरु चढेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । तर तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


  •  
  •  
  •