धादिङ ट्रक दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो(अपडेट)

62
  •  
  •  
  •  

धादिङ । धादिङको निलकण्ठ नगरपालिक–८, ससाह ज्यामिरेमा मंगलबार भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका(२, भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १० जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना भएको थियो । घाइतेमध्ये बाँकी सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •