काठमाडौं । काठमाडौं सोह्रखुट्टेमा एक पानी बोक्ने ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।
आज बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको ट्यांकर ओरालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।
ट्यांकर चालक भने फरार छन् ।