काठमाडौं । काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४१ वर्षका अर्जुनबहादुर केसी रहेका छन् ।
प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो ।
पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै गर्दा ट्रकले ठक्कर दिएको हो । मोटरसाइकलको पछाडि बसेका उनका छोरा सामान्य घाइते छन् ।
केसीको शव अहिले सडकमै छ । स्थानीय बासिन्दा सडकमा भेला भएका छन् ।