नुवाकोट । नुवाकोटको विदुर नगरपालिका ६ को मूलथलामा मिनिट्रक दुर्घटना हुँदा सडक २ जनाको ज्यान गएको छ ।
सडकमा काम गर्ने मजदुर बोकेर निर्माणस्थलतिर जाँदै गरेको बा २ ख ७९१० नम्बरको मिनिट्रक खोल्सामा मोड्ने क्रममा सडकदेखि ५० मिटर तल खसेको हो ।
दुर्घटनामा सडक निर्माणमा खटिएका खोटाङका १९ वर्षीय अनिल तामाङ र रसुवा नौकुण्ड गाउँपालिका ३ का १८ वर्षीय सुदीप तामाङको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै दुर्घटनामा घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाडौं पठाइएको छ ।